हङकङमा २१,६५० संक्रमित थपिए, २०२ जना विरामीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १७ मार्च । हङकङमा आज २१,६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित, ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्। पाँचौं लहरमा हालसम्म ९८४,२३१ जनाभन्दा बढी संक्रमित भएका छन्।

हङकङमा २४ घण्टाभित्र थप २०२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा २० वर्षदेखि १०४ वर्ष उमेरबीचका १२० पुरुष र ८२ महिला रहेका छन्। मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ४,९०८ पुगेको छ।

५८ जना विरामीको अवस्था चिन्ताजनक र ११५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। १,११२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

49221