हङकङ सरकारले जागिर गुमेकालाई HK$ १०,००० दिने प्रकिया शुरु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ मार्च । हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई १० हजार हङकङ डलरको आर्थिक सहायता उपलब्ध गराउंने प्रक्रिया शुरु गरेको छ।

नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले शुक्रवार १० हजार हङकङ डलरको अस्थायी बेरोजगार राहतको विवरण घोषणा गरेकी छन्।

उनले बेरोजगार व्यक्तिहरू चाहे पार्ट टाइम होस् वा स्व-रोजगारमा कुनै उद्योग प्रतिबन्धबिना आवेदन दिन योग्य हुने बताएकी छन्।

१ अक्टोबर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्मको तीन महिनाको अवधिमा कम्तिमा एक महिना हङकङमा काम गरेर जागिर गुमाउंने १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन पाउंने छन्। बेरोजगार हुनुअघि मासिक तलब ३० हजार भन्दा कम हुनु पर्नेछ। त्यसभन्दा बढी तलब पाएका व्यक्तिले आवेदन भर्न पाउंने छैनन्।

आवेदन दिने मिति २३ मार्च बिहान ८ बजेदेखि १२ अप्रिल ११.५९ बजेसम्म रहेको छ।

स्वीकृत भएका आवेदकलाई एसएमएस र इमेलद्वारा सूचित गरिने जनाएको छ। योग्य आवेदकहरूले आवेदन पेश गरेको तीनदेखि चार हप्तापछि पैसा प्राप्त गर्ने अपेक्षा गरिएको छ।





Comments

comments

49231