हङकङमा आज १६,५९७ संक्रमित थपिए, १८२ जना विरामीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, १९ मार्च । हङकङमा आज १६,५९७ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो संख्या अघिल्लो केही हप्ताको भन्दा दोब्बरले कम हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये १४ आयातित, ० डेल्टा र १८५ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १०,२१,९१० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १८२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ३० वर्षदेखि १०९ वर्ष उमेरबीचका १०३ पुरुष र ७९ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका ९९ सहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ५,४१० पुगेको छ।

६३ जना विरामीको अवस्था चिन्ताजनक र ११९ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। १,१८४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका १९ हजार २२३ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १२ हजार २७७ निको भएर काममा फर्किएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49252