हङकङमा आज १४,०६८ संक्रमित थपिए, १७९ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २१ मार्च । पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा हङकङमा कोरोना विस्तारै ओरालो लाग्दै गएको संकेत देखिएको छ। आज नयाँ पुष्टि भएका कोभिड-१९ को संख्या १४,०६८ रहेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ५ आयातित, ० डेल्टा र १,७१४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १,०४९,१२७ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १७९ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ४४ वर्षदेखि १०३ वर्ष उमेरबीचका १०२ पुरुष र ७७ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ५९०६ पुगेको छ।

४३ जना विरामीको अवस्था चिन्ताजनक र ६९ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ११७ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। ३९२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका १९,७९४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १३,२५९ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49315