चीनमा बोइङ विमान दुर्घटना, मृतक संख्या अज्ञात..

चीन, दक्षिणपश्चिम चीनमा बोइङ विमान दुर्घटनाग्रस्त भएको खबर आएको छ।

यात्रु विमानमा १२३ यात्रु र ९ चालक दलका सदस्य गरी १३२ जना सवार थिए।

चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ।

सीसीटीभी रिपोर्टका अनुसार बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

यो दुर्घटना भएको ठाउँमा पहाडमा आगो देखिएको छ। उद्धार टोली घटनास्थलमा पठाइएको छ।

यो समाचार फेसबुकमा हेर्नुहोस्





Comments

comments

49312