अप्रिल १ देखि नेपालसहित ९ देशको उडान प्रतिबन्ध हटाइने, अप्रिल १९ देखि फेस टु फेस कक्षाहरू सुचारु गर्ने..

एचकेनेपाल डट कम –

हङकङ, २१ मार्च । हङकङ सरकारले अप्रिल १ देखि ९ देशको उडानमाथि लगाइएको प्रतिबन्ध हटाउंने भएको छ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सोमबार ९ देशको उडान प्रतिबन्ध हटाउंने जानकारी दिएकी हुन्।

यसअघि, कोरोना महामारीका कारण हङकङले नेपालसहित नौ देशको उडानमाथि २० अप्रिलसम्म प्रतिबन्ध लगाएको थियो। अन्य देशहरुमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकालगायत नौ देशका उडानहरु प्रतिबन्धित थिए।

त्यसै गरी, लामले अन्य सामाजिक दूरीका उपायहरू २० अप्रिलसम्म कायम रहने बताएकी छन्।

लामले आज गरेका केही महत्वपूर्ण घोषणा निम्नानुसारका रहेका छन्-

  • अप्रिल १ मा नौ देशको उडान प्रतिबन्ध फुकुवा गर्ने।

  • यात्रुको पाँचौं दिन पीसीआर परीक्षणमा नेगेटिभ आएमा र छैटौं र सातौं दिन र्‍यापिड एन्टिजेन परीक्षणबाट नेगेटिभ आएमा अप्रिल १ गतेबाट १४ देखि ७ दिन होटल क्वारेन्टिनको अवधि घटाइने।

  • सामाजिक दूरीका उपायहरू २० अप्रिलसम्म कायम रहने, अप्रिल २१ देखि तीन महिनामा तीन चरणहरूमा सहज बनाइने, यदि केसहरूमा कुनै उतारचढाब छैन भने।

  • प्राथमिक विद्यालय, अन्तर्राष्ट्रिय विद्यालय र किन्डरगार्टेनहरूले अप्रिल १९ देखि फेस टु फेस कक्षाहरू सुचारु गर्ने।

  • माध्यमिक विद्यालयहरूले माध्यमिक शिक्षाको डिप्लोमा परीक्षापछि कक्षाहरू अप्रिल २२ देखि सुचारु गर्ने।

  • कम्पलसरी युनिभर्सल टेस्टिङ निलम्बित गर्ने।

  • हङकङ र चीनका सहरको बोर्डर खोल्न गृहकार्य गर्ने।





Comments

comments

49308