Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
युक्रेनबाट थप चिनियाँ नागरिकको उद्धार – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

युक्रेनबाट थप चिनियाँ नागरिकको उद्धार

बेइजिङ। युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन्।

File Photo

बिहान ८:०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८:३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।

यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन्। रुस- युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। रासस





Comments

comments

49302