हङकङमा आज १४,१५२ संक्रमित थपिए, १९० जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २२ मार्च । पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा हङकङमा कोरोना विस्तारै ओरालो लाग्दै गएको संकेत देखिएको छ। आज नयाँ पुष्टि भएका कोभिड-१९ को संख्या १४,१५२ रहेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १० आयातित, ० डेल्टा र ४०६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १,०६३,२७९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १९० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ४२ वर्षदेखि १०७ वर्ष उमेरबीचका १०५ पुरुष र ८५ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। भ्याक्सिनको ३ डोज लिइसकेका ४२ वर्षीय पुरुष बिरामीलाई गम्भीर हृदय रोग थियो।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६१५१ पुगेको छ।

४१ जना विरामीको अवस्था चिन्ताजनक र ८२ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ११४ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १२३६ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका १९,९२२ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १४,०६८ निको भएर काममा फर्किएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49335