हङकङ : हाईकिङ गएका युवकको डुबेर मृत्यु….

एचकेनेपाल डट कम –

हङकङ, २२ मार्च । गत जुलाईमा नेपाली युवती डुबेर मृत्यु भएको पोखरीमा डुबेर आज मंगलवार फेरि एक युवकको मृत्यु भएको छ।

तीन जना पाकिस्तानीहरु चुन वानस्थित Chiu Tam Path, Tso Kung Tam हाईकिङ गएका थिए। दिउँसो करिब ४ बजे पानी पोखरीमा खेल्न गएका १७ वर्षीय युवक बेपत्ता भए।

उनीहरुले साथी डुबेको आशंकामा उद्धारको लागि प्रहरीलाई खबर गरे।

खबर पाएलगत्तै आएको फायर डिपार्टमेन्टको उद्धार टोलीले ३ मिटर गहिरो पोखरीबाट डुबेका युवकको उद्धार गरेको थियो। अस्पतालमा पुर्याइएका उनलाई चिकित्सकले साँझ ६ बजेर ५२ मिनेटमा मृत घोषित गरिएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो झरनाको पोखरीमा विगतमा धेरै दुर्घटना भएका छन्। यसै पोखरीमा गत वर्ष जुलाई २४ मा एक २३ वर्षीया नेपाली युवतीको डुबेर मृत्यु भएको थियो।





Comments

comments

49340