अभिनेता पल शाह जेल चलान..!

एचकेनेपाल डट कम –

काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाहलाई विहीवार जेल चलान गरिएको छ।

फाइल फोटो

जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो। अब मुद्दाको टुंगो नलागेसम्म उनी जेल (कारागार) मै रहनेछन्। कानुन व्यवसायीका अनुसार मुद्दाको टुंगो लाग्न कम्तीमा ६ महिना लाग्न सक्छ।

तर, शाहले यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन सक्ने छन्। यदि उच्च अदालतले जिल्ला अदालतको फैसलालाई बदर गरि दिएमा उनी धरौटीमा रिहा हुन सक्नेछन्।

जिल्ला अदालत तनहुँले शाहका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

49402