हङकङमा आज १३,०७४ संक्रमित थपिए, १५२ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २४ मार्च । हङकङमा आज १३,०७४ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १ आयातित, १ डेल्टा र ११९१ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १०८५,९५३ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १५२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा २४ वर्षदेखि १०६ वर्ष उमेरबीचका ७८ पुरुष र ७४ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६५५७ पुगेको छ।

४० जना विरामीको अवस्था चिन्ताजनक र ६४ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका १०८ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १,३८५ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २०,३९९ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १५,७०१ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49399