नेटोले युरोपमा थप सैनिक पठाउने

ब्रसेल्स, उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ।

फाइल फोटो

नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटो आबद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताउनुभयो।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो। उहाँले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गर्नुभयो।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभयो, मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामी प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुनेछ। रासस / सिन्ह्वा





Comments

comments

49385