हङकङमा आज १२,२४० संक्रमित थपिए, १७० जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २३ मार्च । पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा हङकङमा कोरोना विस्तारै ओरालो लाग्दै गएको संकेत देखिएको छ। आज नयाँ पुष्टि भएका कोभिड-१९ को संख्या १२,२४० रहेको छ। हिजो संक्रमितको संख्या १४,१५२ रहेको थियो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ४ आयातित, ० डेल्टा र १०६१ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १०,७५,५१९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १७० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा २९ वर्षदेखि १०६ वर्ष उमेरबीचका ९३ पुरुष र ७७ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६३५६ पुगेको छ।

३८ जना विरामीको अवस्था चिन्ताजनक र ७३ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका १०३ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १४५८ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २०,०८४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १४,८५९ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49374