हङकङ सरकारले दिने १० हजार हङकङ डलरको अस्थायी बेरोजगारी राहतको आवेदन खुल्यो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ मार्च । हङकङ सरकारले कोभिड-१९ महामारीको पाँचौं लहरपछि जागिर गुमेकालाई दिने १० हजार हङकङ डलरको अस्थायी बेरोजगारी राहतको आवेदन आज बुधवारदेखि खुलेको छ।

गत शुक्रवार नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले १० हजार हङकङ डलरको अस्थायी बेरोजगार राहतको विवरण घोषणा गर्दै बेरोजगार व्यक्तिहरू चाहे पार्ट टाइम होस् वा स्व-रोजगारमा कुनै उद्योग प्रतिबन्धबिना आवेदन दिन योग्य हुने बताएकी थिइन्।

१ अक्टोबर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्मको तीन महिनाको अवधिमा कम्तिमा एक महिना हङकङमा काम गरेर जागिर गुमाउंने १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन पाउंने छन्। बेरोजगार हुनुअघि मासिक तलब ३० हजार भन्दा कम हुनु पर्नेछ। त्यसभन्दा बढी तलब पाएका व्यक्तिले आवेदन भर्न पाउंने छैनन्।

स्वीकृत भएका आवेदकलाई एसएमएस र इमेलद्वारा सूचित गरिने जनाएको छ। योग्य आवेदकहरूले आवेदन पेश गरेको तीनदेखि चार हप्तापछि पैसा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

आवेदन यो लिङ्कमा क्लिक गरेर २३ मार्चदेखि १२ अप्रिल ११.५९ बजेसम्म भरि सक्नु पर्ने छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49362