Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
शनिबार हङकङको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

शनिबार हङकङको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने..

एचकेनेपाल डट कम –

हङकङ, ३१ मार्च । हङकङ अब्जर्भेटरीले शनिबार हङकङको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरेको छ।

हङकङ अब्जर्भेटरीका अनुसार दक्षिणी चीनको उत्तरी भागमा रहेको चिसो मोर्चाले भोलि बिहानै गुआङ्डोङको तटीय क्षेत्र पार गर्नेछ।

जसका कारण हङकङमा आगामी दुई दिनमा हावाहुरीसहित वर्षा हुने र तापक्रम क्रमशः घट्दै जानेछ।

शहरी क्षेत्रहरूमा तापक्रम शनिबार न्यूनतम १३ डिग्री सेल्सियसमा झर्नेछ भने न्यु टेरिटोरिजहरूमा अझ केही डिग्री कम हुनेछ।

यो समाचार तयार पारुञ्जेल न्यु टेरिटोरिजअन्तर्गत युन लङको तापक्रम ३० डिग्री सेल्सियस रहेको छ।

आइतबार दिउँसो मौसममा सुधार आउनेछ। आगामी केही दिन मुख्यतया ठीक र सुख्खा हुनेछ।





Comments

comments

49548