हङकङमा आज ६,६४६ संक्रमित थपिए, १,४६९ जना बिरामी निको भए..

एचकेनेपाल डट कम –

हङकङ, ३१ मार्च । हङकङमा आज ६,६४६ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो तथ्याङ्कले हङकङमा कोरोना विस्तारै घट्दै गएको संकेत देखाएको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक-क्वानका अनुसार संक्रमितमध्ये ७ आयातित, ० डेल्टा र ११०५ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्। हङकङमा २४ घण्टाभित्र थप ११९ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ७६१२ पुगेको छ।

१३ जना विरामीको अवस्था चिन्ताजनक र ३३ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका ८४ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १,४१६ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,१६४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १८,८३९ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49555