हङकङमा आज थप २,७७७ संक्रमित…

एचकेनेपाल डट कम –

हङकङ, ६ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज २,७७७ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ७ आयातित, ० डेल्टा र १०५८ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्।

आयातित ७ केसमध्ये २ बेल्जियम र क्यानडाबाट, ३ जना थाइल्याण्ड, बहराइन र अबुधाबीबाट र अरु २ जना अबु धाबी र जापानबाट आएका रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,६७,०६० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ८४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ८,२४७ पुगेको छ। गम्भीर अवस्थामा रहेका ७४ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। ६५५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,३३७ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १९,४४९ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49704