हङकङ सरकारद्वारा आफ्ना नागरिकलाई पहिलो चरणको ५ हजार हङकङ डलर वितरण…!

एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल । हङकङ सरकारले आफ्नो नागरिकलाई पहिलो चरणको ५ हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भाउचर आज विहीवारदेखि वितरण गरेको छ।

AlipayHK, WeChat Pay, Tap & Go का प्रयोगकर्ताहरुले ५ हजार डलरको इलेक्ट्रोनिक उपभोग भाउचर एकै पटक कलेक्ट गर्न सक्ने छन्। तर, अक्टोपस प्रयोगकर्ताले अक्टोपस लिमिटका कारण एक पटकमा ३ हजार हङकङ डलरमात्र कलेक्ट गर्न सक्ने छन्। लिमिट रकम खर्च गर्नसाथै तुरुन्त ४ हजारको बाँकी रकम कलेक्ट गर्न सक्ने छन्। तर, अर्को १ हजार कलेक्ट गर्नको लागि जुन १६ तारिखसम्म कुर्नु पर्ने भएको छ।

इलेक्ट्रोनिक उपभोग भाउचर अप्रिल ७ देखि डिसेम्बर ३१ तारिखभित्र कलेक्ट गरिसक्नु पर्ने छ।

हङकङ सरकारले यो वर्ष करीव ६३ लाख हङकङवासीहरूलाई १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भाउचर वितरण गर्न ६६.४ बिलियन हङकङ डलर खर्च गर्दैछ।





Comments

comments

49713