हङकङमा कोभिड-१९ को दैनिक संक्रमितको संख्या २६४४ मा झऱ्यो, १,४९१ बिरामी निको भए…

एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज २६४४ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १२ आयातित, ० डेल्टा र ४९४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्।

आयातित १२ केस सिंगापुर, यूएई, थाइल्याण्ड, दक्षिण अफ्रिका, यूके, दक्षिण कोरिया र क्यानडाबाट आएका रहेका छन्।

पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,७०,६०४ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ९७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ८,३४४ पुगेको छ। १,४९१ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,३६४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १९,६०८ निको भएर काममा फर्किएका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

49718