हङकङ : एक्लै हाईकिङ गएकी महिलाको भिरबाट खसेर मृत्यु… (अपडेट)

एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल । एक्लै हाईकिङ गएकी एक महिलाको विहीवार दिउंसो भिरबाट खसेर मृत्यु भएको छ।

भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोलाः

स्थानीय मिडियाका अनुसार ३४ वर्षीया पैदलयात्री अमीन चाङको शव ठूला चट्टानले घेरिएको साईकुङको समुन्द्री तटमा फेला परेको हो।

चिप्लिएर खसेकी पैदलयात्री अमीनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दिउँसो करिब २ बजे किम चु वान, पो पिन चाउमा पैदलयात्रीहरूले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र अग्निनियन्त्रक टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। अमीनको शव किनारबाट करिब ३० मिटर टाढा समुद्र तटमा भेटिएको थियो। उद्धारकर्ताले परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए।

समाचार स्रोतका अनुसार अमीन दुई वर्षयता १४ वर्षिय छोरासंग एक्लै बस्दै आएकी थिइन्। अमीनलाई पैदल यात्रा र बाहिर घुम्न मन पर्थ्यो। उनले सामाजिक सञ्जाल साइटहरूमा समय-समयमा ताई मो शान र फिनिक्स माउन्टेन जस्ता अनगिन्ती डाँडाकाँडा चढेका र घुमेका फोटोहरू अपलोड गर्ने गर्थिन्।

समाचारका अनुसार अमिन दिउँसो एक्लै निस्किएकी थिइन्, तर उनी कहाँ जाँदैछन् भन्ने खुलाएकी थिइनन्। पछि प्रहरीले साईकुङको समुन्द्री तटमा उनको शव फेला पारेको थियो ।

अप्रिल २०२० मा यस ठाउंको नजिकै एक महिलाको खसेर मृत्यु भएको थियो। गत नोभेम्बरमा पनि २९ वर्षीय युवक बेपत्ता भएका थिए। उनको शव एक दिनपछि उद्धार टोलीले यही ठाउंमा फेला पारेको थियो।





Comments

comments

49722