बेलायतमा गोर्खा वेलफेयर ट्रस्टको लागि च्यारिटी दौड

एचकेनेपाल डट कम –

लण्डन, ११ अप्रिल । बेलायतमा गोर्खा वेलफेयर ट्रस्टको लागि आइतबार युवाहरुको च्यारिटी दौड सम्पन्न भएको छ।

–

च्यारिटी दौडमा १ हजार ८८ युके पौण्ड (११ हजार १०७ हङकङ डलर) संकलन भएको छ।

च्यारिटी दौडमा दिनेश गुरुङ, शिवन पुन, साइजल गुरुङ, ओमकार गुरुङ, सजिता थापा, भावना पुनलगायत सहभागी थिए।

–

गोर्खा भेट्रान्सको लागि निशुल्क स्वास्थ्य जाँच र गाँउघरमा सफा खाने पानी सिस्टमको स्थापना गर्ने उद्देश्यले अर्थ संकलन गरिएको हो।

गोर्खा वेलफेयर ट्रस्टले सबै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।





Comments

comments

49812