बेलायतमा गोर्खा वेलफेयर ट्रस्टको लागि च्यारिटी दौड

एचकेनेपाल डट कम –

लण्डन, ११ अप्रिल । बेलायतमा गोर्खा वेलफेयर ट्रस्टको लागि आइतबार युवाहरुको च्यारिटी दौड सम्पन्न भएको छ।

च्यारिटी दौडमा १ हजार ८८ युके पौण्ड (११ हजार १०७ हङकङ डलर) संकलन भएको छ।

च्यारिटी दौडमा दिनेश गुरुङ, शिवन पुन, साइजल गुरुङ, ओमकार गुरुङ, सजिता थापा, भावना पुनलगायत सहभागी थिए।

गोर्खा भेट्रान्सको लागि निशुल्क स्वास्थ्य जाँच र गाँउघरमा सफा खाने पानी सिस्टमको स्थापना गर्ने उद्देश्यले अर्थ संकलन गरिएको हो।

गोर्खा वेलफेयर ट्रस्टले सबै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।





Comments

comments

49812