हङकङमा कोरोना संक्रमितको संख्या १,४०७ मा झऱ्यो, थप दुई विमानलाई हङकङमा प्रतिबन्ध…!

एचकेनेपाल डट कम –

हङकङ, ११ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज १,४०७ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये १३ आयातित रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या १,१७८,९५९ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि कूल ८,६१४ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ३६० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, सरकारले दुबईबाट र बैंककबाट एमिरेट्स एयरलाइन्सको विमानलाई हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ। एमिरेट्स एयरलाइन्सको विमानलाई १२ अप्रिलदेखि १८ अप्रिलसम्म यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49815