हङकङमा कोरोनाको दैनिक संक्रमित संख्या ९४६ मा झऱ्यो, कतार एयरवेजलाई हङकङमा प्रतिबन्ध..!

एचकेनेपाल डट कम –

हङकङ, १५ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज ९४६ मा झरेको छ। लगभग २ महिनापछि हङकङमा कोरोना संक्रमितको संख्या ३ अंकमा झरेको यो पहिलो पटक हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये ११ आयातित रहेका छन्। पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,८३,६५३ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ३६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि कूल ८,८५६ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा १,७११ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, हङकङ सरकारले कतार एयरवेजलाई दोहाबाट १६ देखि २२ अप्रिलसम्म यात्रु ल्याउंन प्रतिबन्ध लगाएको छ।





Comments

comments

49910