नक्कली पिस्तोल देखाएर बैंक लुटपाट गर्ने पक्राउ..!

एचकेनेपाल डट कम –

हङकङ, १५ अप्रिल । नक्कली पिस्तोल देखाएर विहीवार दिउँसो बैंक लुटपाट गरेको अभियोगमा ७३ वर्षीय बृद्ध पक्राउ परेका छन्।

प्रहरीले उनलाई युन लङको प्याट ह्युङ बाट विहीवार राति ११ बजेतिर पक्राउ गरेको जनाएको छ। उसको साथबाट लुटपाट गर्दा प्रयोग गरिएको नक्कली पिस्तोल र नगद बरामद गरेको प्रहरीले जनाएको छ।

हङकङको व्यस्त सडक नाथन रोडमा विहीवार दिउंसै बैंकमा लुटपाट भएको थियो। लुटेराले चाइना कन्स्ट्रक्सन बैंक (एसिया) शाखामा  कर्मचारलाई नक्कली पिस्तोल देखाएर १४ हजार हङकङ डलर लुटेर भागेका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

49902