नागरिकताको बिषय सशक्त उठाउने सम्बन्धी बीजीएनसीसीसीको राजदूतसंग गम्भीर छलफल..

होम किरात सुनुवार –

लण्डन, ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले बेलायतस्थित नेपाली राजदूतसंग गम्भीर छलफल गरेको छ।

बैठकमा बिशेषगरी समितिको तर्फबाट आगामी जीटुजी वार्ताको तेस्रो फेजमा नागरिकताको सवालमा राखिनु पर्ने सुझाव पूर्व तयारी तथा जानकारी राजदूत (वार्ताका लागि नेपाल सरकारका प्रमुख प्रतिनिधि) साथै अन्य वार्ता समूहलाई गराईनु पर्ने उद्देश्यले बुधवार झण्डै डेढ घण्टाको छलफल कार्यक्रम सम्पन्न गरिएको थियो।

अभियान समितिको युके/नेपाल (प्रमुख) संयोजक सन्तोष थलङबाट अभियानको लक्ष्य/ मर्म, प्रगति तथा भावी रणनीतिबारे जानकारी तथा समितिको बिबरण बारे प्रकाश पार्नु भएको थियो।

युके संयोजक सुनबहादुर तामाङले भूपू गोरखा तथा तिनका परिवारमा नागरिकता सम्बन्धी अहिले आई परेका समस्याको कारण, असर र सुझावबारे थप कुरा राख्नको साथै भविष्यमा समितिले दिनुपर्ने र सक्ने साथसहयोगको लागि तत्परता र निरन्तरता रहने बताउनु भयो। आफ्नो मन्तब्य राख्ने क्रममा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले समानताको लडाई अभियानको क्रमका अहिलेसम्मका बिभिन्न कार्यक्रमहरूमा नागरिकताको बिषयलाई छुटाईएको छैन र यो उत्पीडनको सिकार एकै ब्यक्ति हो चाहे त्यो तलव भत्ता होस् या नागरिकताको सवाल। त्यसैले वार्ताबाट केही निकास अवश्य आउंछ र हुनुपर्छ।

यसैगरी सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिब शैन्द्र थापाले पनि गोर्खाज र परिवारजनमा अहिले भोग्नुपरेका समस्या तथा भविष्यमा अझ धेरै समस्याहरूका उदाहरणहरू समेत राख्नु भएको थियो।

उपनियोग प्रमुख रोशन खनालले पनि देखिएका र जानकारीमा आएका समस्याहरूबारे स्मरण गराउंनु भएको थियो।

अन्तमा ज्ञानचन्द्र आचार्यले समितिले गरेको पहलकदमी अधिकारको अभियान अझ प्रभावकारी बनाउंन तपाईहरुले नेपालमा नै गर्नुपर्ने कसरत बाँकी राख्नु हुदैन भन्नु हुदै वार्ताद्वारा गर्न सकिने उपयुक्त प्रयासका बारेमा सकारात्मक रहेको जानकारी गराउनुभयो।

कार्यक्रमको अन्तमा राजदूत र उपनियोग प्रमुखद्वयलाई समितिको तर्फबाट बैठक संचालक समितिको सचिव होम किरात सुनुवारबाट डाक्टर चन्द्रकान्त ज्ञावलीद्वारा लिखित अभियान सम्बन्धी पुस्तक पनि हस्तान्तरण गरिएको थियो।





Comments

comments

49896