ओबामाको तलब कति? पुटिनको कति ?

काठमाडौं, फागुन २८ – रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो तलबमा १० प्रतिशत कटौती गरेका छन्। तर,योभन्दा पनि अन्य मुलुकमा राष्ट्रपति या प्रधानमन्त्री कसको तलब कति छ?

अमेरिकी राष्ट्रपति बाराक ओबामा देशको अर्थतन्त्र विश्वकै ठूलो भएजस्तै तलब पनि बढी खानेमा अगाडि देखिएका छन्। ओबामाले तलबमार्फत वार्षिक ४ लाख डलर बुझ्ने गरेका छन्। अमेरिकामा जर्ज डब्लु बुस राष्ट्रपति भएपछि तलब दोब्बर पारिएको थियो। यसका अलाबा ओबामाले ५० हजार डलरको करमुक्ति खर्च पाउने प्रावधान छ।

बढी तलब खाने दोस्रो स्थानमा क्यानडाका स्टेफेन हार्पर देखिएका छन्। उनको तलब २ लाख ६० हजार डलर छ। २ लाख ३४ हजार ४ सय डलरसहित जर्मनीका चान्सलर एंगेला मर्केल तेस्रो स्थानमा छिन्। मर्केल र उनका मन्त्रीहरुको तलब मार्चको सुरुमा २.२ प्रतिशतले वृद्दि गरिएको सरकारी तथ्यांकले देखाएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

विकाशशील मुलुक भए पनि धेरै तलब खानेमा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा छन्। उनको तलब २ लाख ३२ हजार ५०० डलर छ। बेलायतका प्रधानमन्त्रीको तलब २ लाख १४ हजार छ। त्यसपछि सबैभन्दा बढी तलब खानेमा जापानी प्रधानमन्त्रीको नाम आउँछ। उनको वार्षिक तलब २ लाख २ हजार छ।

फ्रान्सका राष्ट्रपति फास्वा ओल्यान्ड वार्षिक १ लाख ९४ हजार तलब बुझ्छन्। बढी तलब खानेमा उनी सातौं नम्बरमा छन्। रुसका राष्ट्रपति भने आठौं स्थानमा पर्छन्। उनले वार्षिक १ लाख ३६ हजार बुझ्छन्। त्यसपछि बढी तलब खानेमा इटालीका माटिओ रेन्ज र ब्राजिलका डिल्मा रौसेफ छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4995