Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस नेताको घरमा विप्लव माओवादीको झण्डा

काठमाडौं, फागुन २८ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बुधबार कांग्रेस नेताको घर कब्जा गरेको छ। नेता पदमराज जोशीको निरौली गाविसको बीपीनगरस्थित घर कब्जा गरेको नेकपा–माओवादीले जनाएको छ।

उक्त पार्टीका कार्यकर्ताले झण्डा गाडेर घर कब्जा गरेका हुन्। टोलीले पर्चा पम्प्लेट छाड्नुका साथै घरमा नारा लेखेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

जोशीका घरमा इलाका वनका कर्मचारी र शिक्षक डेरा बस्दै आएका थिए। जोशीमाथि विभिन्न आरोप लगाउँदै पार्टी केन्द्रीय समितिको निर्णयअनुसार घर कब्जा गरिएको जिल्ला अध्यक्ष विवेक कुमालले बताए। जिल्ला प्रहरीका डिएसपी डम्बर चन्दले कब्जा गर्ने समूहको खोजी भइरहेको बताए।





Comments

comments

2945