Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस र एमालेबीच मतभेद, एमाले कांग्रेससंग किन चिढिए?

काठमाडौं, फागुन २८ – सत्तासाझेदार कांग्रेस र एमालेबीच मतभेद देखिन थालेको छ। संविधानसभामा प्रक्रिया अघि बढाउन जोड दिँदै आएको एमाले सहमतिबाटै संविधान बनाउन पहल गर्ने कांग्रेसको पछिल्लो निर्णयपछि चिढिएको छ। कांग्रेस नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि ऊ सन्तुष्ट छैन।

कांग्रेस र एमाले मिलेरै संविधानसभामा प्रक्रिया अघि बढाएका थिए। अहिले एमाले विपक्षीसँग वार्ता र संविधानसभाको प्रक्रिया सँगसँगै अघि बढाउने पक्षमा छ भने कांग्रेस प्रक्रियाका विषयमा मौन देखिएको छ।

केही दिनअघि बसेको एमाले स्थायी समिति बैठकले संवाद र प्रक्रिया सँगसँगै अघि बढाउने निर्णय गर्दै संविधान निर्माणको मार्गचित्र तय नगरे सरकारमाथि नैतिक संकट उत्पन्न हुने बताएको थियो। त्यसलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भने सहमतिमा संविधान निर्माण गर्न जोड दिएको थियो।

सरकारको कमजोर प्रस्तुति र कार्यशैलीप्रति पनि एमाले सन्तुष्ट छैन। सरकारमा एमालेको नेतृत्व गरेका उपप्रधानमन्त्री वामदेव गौतमले केही दिनअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए। सचिवहरुको बढुवा, संवैधानिक नियुक्ति र सुकुम्बासी आयोग गठनका विषयमा दुई दलबीच विवाद देखिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कांग्रेस–एमालेका नेताहरु भने दुई दलबीच सम्बन्ध सौहार्दपूर्ण नै रहेको दाबी गर्छन्। बरु एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुबीच दरार ल्याउन खोजेको उनीहरुको दाबी छ।





Comments

comments

4942