Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मकाउ पठाइदिने भन्दै ल्हारक्याल लामाद्वारा करोडौं ठगी

काठमाडौं, फागुन २८ – दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा र्वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्धाका फरार आरोपी रहेको खुलेको छ।

ल्यारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत आफूसँग पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाडौं बुढानिलकण्ठका केशबहादुर गुरुङले हालेको मुद्धा वैदेशिक रोजगार विभागमा छ।

ठगी मुद्धामा पूर्पक्षका लागि कारकार रहेका जाहेरीकर्ता गुरुङका अनुसार मकाउ पठाउँछु भन्दै सयौं युवाबाट ७ करोड रुपैया पनि ल्हारक्याल समूहले नै उठाएको समाचार समाचार आजको नागरिक दैनिकले छापेको छ। वैदेशिक रोजगार विभागले फक्राउ गरी बुझाउन पत्राचार गरेपनि खोजेजस्तो मात्र गर्यो प्रहरीले। पक्राउ गरेन।

फोटोः @NepalMagazine





Comments

comments

4385