कता गायब भए विदेशबाट फर्केका ७७२ यात्रुको लगेज?

काठमाडौं, फागुन २७ – विदेशबाट फर्किएका करिब ८ सय नेपाली यात्रुको लगेज हराएका छन्। मंगलबार विभिन्न समयमा अवतरण गरेका ८ वटा फ्लाइटमा सवार ७७२ नेपाली र विदेशी यात्रुका लगेज गायव भएका हुन्।

विमानस्थल स्रोतका अनुसार एयर अरेबियाका १५०, फ्लाई दुबईका २५५, इत्तेहाद एयरका ५०, ओमानका ६०, कतार एयरवेजका ५५, मलेसियन एयरका १०० र मालिन्दो एयरका १०२ यात्रुको लगेज हराएका छन्। लगेज हराउने अधिकांश वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गरेर स्वदेश फिर्ता भएका नेपाली छन्। नेपाल घुम्न आएका विदेशी पर्यटकका सामान पनि हराएका समाचार आजको कारोबार दैनिकले छापेको छ।





Comments

comments

4986