डनको मान्छे देखेपछि शाहरुख खान भागे

काठमाडौं, फागुन २७ –‘डन’ फिल्मका सिक्वेलमा काम गरेका बलिउड अभिनेता शाहरु खानलाई बलिउडका डनसमेत भनिन्छ। तर, यी डनले अन्डरवल्र्डका वास्तविक डनहरुका कारण धेरै हैरानी खेप्नुपरेको छ। अन्य बलिउडकर्मीले समेत डनगिरीको दुष्परिणामा खेप्नुपरेको समाचार वेला–वेलामा सार्वजनिक हुनेगर्छ।

सन् २००० तिरको कुरा हो। त्यतिबेलासम्म दाउद इब्राहिमको दाहिने हातका रुपमा छोटा सकिलले आफूलाई उभ्याइसकेका थिए। दाउदले उनलाई खासगरी जबर्जस्ती रकम असुलीको धन्दामा केन्द्रित गराएका थिए। तर, सकिलको भित्री इच्छा बलिउडमा हात हाली ग्यालमर दुनियाँमाथि राज गर्नु थियो। त्यसका लागि उनी ठूला स्टारलाई लिएर फिल्म बनाउने सोचमा थिए।

त्यसका लागि उनले नाजिम रिज्वी नाम गरेका व्यक्तिलाई नियुक्त गरे। उनीमार्फत बलिउडमा वैधानिक रुपमै लगानी गरेर क्रियाशील हुने लक्ष्य राखे। सकिलको पहुँच र लगानीबाट करिअर उकास्न पाइने देखेर रिज्वी पनि मख्ख परे। निर्देशकका रुपमा उनीहरुले अब्बास बर्मावाला र मस्ता बर्मावालालाई छनोट गरे। यी दाजु–भाइ अब्बास–मस्तानको नाममा संयुक्त रुपमा फिल्म निर्देशन गर्ने गर्थे। प्रहरीले सकिलको मोबाइलबाट हुने कल ट्यापिङ गरिरहेको रहेछ। सकिलको इच्छाअनुसार रिज्वीले अब्बास–मस्तानलाई फिल्म चोरी चोरी चुप्के चुप्के बनाउन लगाए। फिल्ममा सलमान खान, रानी मुखर्जी र प्रिन्टी जिन्टालाई काम गराइयो समाचार आजको नयाँँ पत्रिका दैनिकले छापेको छ।

शाहरुखको फिल्म छायांकन भइरहेको स्थानमा एक दिन रिज्वी पुगे र आफू शाहरुखलाई भेट्न आएको सन्देश पठाए। तर, शाहरुख रिज्वीबाट यसरी तर्किए, जसरी रेविज लागेको मानिस पाटीबाट तर्सन्छ। रिज्वीले पिछा नछाड्ने देखेपछि शाहरुख सहकर्मी रानी मुखर्जीको कारमा छिरे र कारभित्रै एकघन्टा भन्दा बढी समय बसे। अन्त्यमा कारबाहिर ननिस्की उनी वेपत्ता भए।





Comments

comments

4984