Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आईएसआईएसद्वारा बन्धक हत्यामा बालकको प्रयोग

एजेन्सी, फागुन २७ – आतंककारी समूह आईएसआईएसले पछिल्लो पटक एक इजराइली अरब नागरिक मुहम्मद मुसल्लमको गोली प्रहार गरी हत्या गरेको भिडियो सार्बजनिक गरेको छ।

गोली प्रहार गर्नुअघि २० वर्षीय मुसल्लमलाई इजराइली जासुस रहेको बताउन लगाइएको जनाइएको छ। गोली प्रहार गरी हत्या गर्न यसपटक १३ वर्षीय एक बालकको प्रयोग गरिएको छ। उनले टाउकोमा गोली प्रहार गरी मुसल्लमको हत्या गरेका छन्। मारिएका मुसल्लमका परिवारले उनी जासुस नभएर सिरिया घुम्न गएको बेला उनीहरूको बन्धकमा परेको बताएका छन्।





Comments

comments

4976