मलद्वारमा ४ केजी सुन!

काठमाडौं, फागुन २७ – सुन तस्करले भरियालाई मलद्वारमा लुकाउन लगाएर सुन तस्करी गराउन थालेका छन्। प्रहरीले मंगलबार मलद्वारमा लुकाएर ल्याइएको करिब चार केजी सुनसहित सातजनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्वारभित्र लुकाइएको सुन निकालेको छ। पक्राउ परेकामध्ये चारजनाको मलद्वारबाट करिब आधा किलो वजन भएका दुई–दुईवटा सुनका टुक्रा निकालिएको प्रहरी स्रोत बताउँछ।

भरत कार्की, ईश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीबाट आठवटा सुनका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरी अस्पतालमा राखी मलद्वारबाट सुन निकालिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

4974