किरण गजमेर र स्थानीय कलाकारसंगै कोलोराडोमा शुभकामना सांस्कृतिक सांझ..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका, कोलोराडो निवासी नेपालीहरुले गायक किरण गजमेरलगायत स्थानीय कलाकारहरुको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयां बर्ष २०७९ को शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपाली तथा नेपाली भाषी भुटनिज , स्थानीय बिभिन्न संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, पत्रकार, ब्यावसायीहरुको बाक्लो उपस्थिती रहेको थियो।

ब्रुमफिलस्थित लिगेसीहाई स्कूलमा शनिबार सांझ सम्पन्न भएको कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए।

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ शुभकामना साटासाट गरिरहेका थिए। कोही हात मिलाएर त कोही हग गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो।

संस्थाका निवर्तमान अध्यक्ष बिनोद त्रीपाठीले पानसमा बत्ती बालेर उद्धाटन गरेपछि कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य प्रश्ट्याएका थिए।

स्थानीय कलाकार भाई बहिनीहरुले लोक , आधुनिक , देश भक्ति लगायतका गीतमा कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहदा आफूलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो।

कार्यक्रममा गायक किरण गजमेरले लाईभ ब्याण्डमा एक दर्जन भन्दा बढि गीत गाएका थिए । त्यसैगरी उनले लाईभ बेण्डमै चर्चित गायिका संझना पाण्डेसंग पनि गीत गाएर दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएका थिए । लाईभ ब्याण्डमा उनीहरुलाई बिजय नेपाली अधिकारी, बीरेन्द्र सुवाल सिङ, प्रयास रसाइली, अनुपम राई, राजेश खड्की, हरिष गजमेर लगायतका कलाकारहरुले साथ दिएका थिए । त्यसैगरी सोही कार्यक्रममा शसी रावल र भुवन श्रेष्ठले पनि गीत गाएर थिए । शुभकामना सांझ कार्यक्रममा बिभिन्न चर्चित लोक तथा राष्ट्र भक्तीका गीतहरुमा साना भाइबहिनीहरुले सुन्दर नृत्य प्रस्तुत गरी श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएका थिए।

संस्थाका उपाध्यक्ष रामगोपाल श्रेष्ठको सभापतित्वमा संम्पन्न कार्यक्रम, संस्थाका महासचिव अर्जुन बगाले र कल्चर सेक्रेटरी आकृती राई अधिकारीले संयुक्त रुपमा संचालन गरेका थिए।

कार्यक्रम सफल बनाउन बिभिन्न दाताहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए । प्राप्त सहयोगको आधारमा डाइमन्ड, गोल्ड र सिल्भरमा बर्गिकरण गर्दै उनिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। समारोहमा ओम बड्स कमिटीका सदस्य रोहीणी शर्मा र निवर्तमा अध्यक्ष बिनोद त्रिपाठीबाट संयुक्त रुपमा कलाकार तथा सहयोग दाताहरुलाई खादा लगाई दिई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो । संस्थाले आफ्नो स्थापना कालदेखि निरन्तर रुपमा यस्ता संस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।

त्यसैगरी कोलोराडोमा नयां बर्षको अबसर पारेर बोल्डर स्थित सि–यू मा अध्ययनरत नेपाली छात्र छात्राहरुको संगठन नेप्लीज स्टुडेन्ट एसोसिएसनको आयोजनामा नेपाल नाईटको कार्यक्रम सम्पन्न पनि सम्पन्न भएको छ। उक्त कार्यक्रममा गायक दिवश गुरुङ, गायिका वार्तिका राईको प्रस्तुती रहेको थियो।





Comments

comments

49967
%d bloggers like this: