Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा कोरोना निरन्तर ओरालोतर्फ, आज ६१३ मात्र संक्रमित थपिए, दुई देशका विमानहरुलाई हङकङमा प्रतिबन्ध…!.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा कोरोना निरन्तर ओरालोतर्फ, आज ६१३ मात्र संक्रमित थपिए, दुई देशका विमानहरुलाई हङकङमा प्रतिबन्ध…!..

एचकेनेपाल डट कम –

हङकङ, १८ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केस आज ६१३ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १३ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,८५,८०७ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ८,९४६ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ४०८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, स्वास्थ्य विभागले इस्तानबुलबाट टर्की एयरलाइन्स र कुवलालम्पुरबाट मलेशिया एयरलाइन्सलाई १९ देखि २५ अप्रिलसम्म हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।





Comments

comments

49980