युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो।

युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ ।यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यता अनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो।

उहाँले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायाता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गर्नुभएको हो ।यहाँका कतिपय सहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको हो । ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदाय समक्ष उहाँले आग्रह गर्नुभएको हो। रासस / सिन्ह्वा





Comments

comments

49992