चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित…

बेइजिङ, चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ।

पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

सोमबारको तथ्याङ्क अनुसार यहाँ तीन हजार २९७ जना कोरोना सङ्क्रमित देखिएका हुन् । तीमध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएकामध्ये तीन हजार ८४ जना साङ्घाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा साङ्घाइमा कोरोनाको सङ्क्रमण बढेको छ।

त्यहाँ थप सङ्ख्यामा कोरोनाभाइरसका सङ्क्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै सङ्क्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले साङ्घाइमा भेटिएका छन्।

चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। रासस / सिन्ह्वा





Comments

comments

49995