हङकङमा कोरोना निरन्तर ओरालोतर्फ, आज ६०० मात्र संक्रमित थपिए, स्कूट फ्लाईड्सलाई हङकङमा प्रतिबन्ध…!..

एचकेनेपाल डट कम –

हङकङ, १९ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केस आज ६०० मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ११ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,८६,४०७पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप १६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ८,९६३ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ५९७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, स्वास्थ्य विभागले सिङ्गापुरबाट आउने स्कूट फ्लाईड्सलाई २० देखि २६ अप्रिलसम्म हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ।





Comments

comments

50003