सोनाक्षी सिन्हा बलिउडकै सबैभन्दा झुर कलाकार !

एजेन्सी – प्रायः अवार्ड उत्कृष्टलाई दिइन्छ। बलिउडमा यस्तो अवार्ड छ जो सबैभन्दा खत्तम चलचित्र र कलाकारलाई दिइन्छ। यसको नाम हो –घन्टा अवार्ड।

यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर अभिनेत्रीको अवार्ड जितिन् सोनाक्षी सिन्हाले।‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट उनले घन्टा अवार्ड हात पारेकी हुन्।

चलचित्र ‘हमशकल्स’ले सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो। साथमा यसका तीन अभिनेता सैफ अलि खान, रितेश देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

5009