Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुलही लिन गएका बेहुला एक्लै फर्किए

सिन्धुपाल्चोक, फागुन २९ – इलाका प्रहरी कार्यालय बाह्रबिसेको सक्रियतामा पुल्पिङडाँडा गाविसको एउटा बालविवाह रोकिएको छ। बिहे सकेर बेहुली अन्माउने तयारी हुँदै गर्दा प्रहरीले विवाह रोकेको हो।

जिल्ला बाल कल्याण समितिले दिएको सूचनाका आधारमा प्रहरीले विवाह घरमै पुगेर बिहे रोकेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राम्चे–५ इटनीकी १७ वर्षीया नानीमाया तामाङसँग फुल्पिङडाँडा गाविसका १६ वर्षिय तीर्थ तामाङको विवाह रोेकेको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। विवाह भइनसकेकाले कसैलाई पनि कारबाही नगरेको मुकारुङको भनाइ छ।

विवाह हुन लागेको सूचना बेलैमा पाएकाले बेहुला र जन्तीलाई सम्झाइ–बुझाई फर्काएको उनले बताए। विवाह रोक्न लामोसाँघुस्थित प्रहरी पनि विवाह घर पुगेको थियो।





Comments

comments

5007