Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जन्मदिनमा सभाध्यक्ष नेम्वाङलाई नयाँ गाडी उपहार

काठमाडौं, फागुन २९ – दलका नेता, सभासद् र सञ्चारकर्मीले संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई उनकै कार्यकक्ष सिंहदबारमा बिहीबार ६३औं जन्मदिनको शुभकामना दिइरहँदा पुरानो प्रतिनिधिसभा भवनअगाडि एक हुल कर्मचारी नयाँ गाडीको पूजा गरिरहेका थिए।

२०६२–०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसददेखि दोस्रो संविधानसभासम्म निरन्तर सभामुख र सभाध्यक्ष रहेका नेम्बाङका लागि आठ वर्षपछि संसद् सचिवालयले नयाँ गाडी उपलब्ध गराएको हो।

१५ वर्ष पुरानो गाडीमा बारम्बार बिग्रिरहने समस्या आउन थालेपछि नेम्बाङले नयाँ गाडी उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेका थिए। सरकारले गाडी उपलब्ध नगराई यसपटक रकम उपलब्ध गराइदिएपछि बल्ल नयाँ गाडी किनेको सचिवालयका सचिव ठाकुरप्रसाद बरालले बताए। ‘सभामुखका लागि वर्षैपिच्छे गाडी किन्ने कुरा हुन्थ्यो। तर कहिले के, कहिले के भएर रोकिएको थियो।’ आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। ‘१५ वर्ष पुरानो गाडीले राम्रो काम गर्न नसकेपछि यसपटक नयाँ किनियो’, बरालले भने।





Comments

comments

5005