लगेज नपठाउने एयरलाइन्सहरूका उडान रद्द हुन सक्ने

काठमाडौं, फागुन ३० – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रुका सामान समयमा नल्याएर दुःख दिएको भन्दै एयर अरेबिया र फ्लाई दुबईलाई उडान रद्द गर्नसक्ने चेतावनी दिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)का नेपाल उडान गर्ने सस्तो टिकट दरका यी दुई एयरलाइन्सले यात्रुका लगेज समयमा नल्याएर दुःख दिएको गुनासो बढेपछि पत्र काटेर त्यस्तो चेतावनी दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए। उनका अनुसार टर्किस एयरलाइन्सको जहाजले धावनमार्गमा अवरोध गरेपछि बजेट एयरलाइन्सले यात्रुमात्र ल्याउने तर ब्यागेज समयमा नल्याउने गरेको गुनासो बढेको बताए। एयर अरेबिया र फ्लाई दुबईले यात्रुका लगेज चार दिनसम्म पनि नल्याएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

बजेट एयरलाइन्समा आउने अधिकांश यात्रु वैदेशिक रोजगारीमा गएर घर फर्किएका मुलुकभरका यात्रु हुन्छन्। ब्यागेज नल्याउँदा घर जानै रोकिने, दिनदिनै विमानस्थल धाउनुपर्ने, काठमाडौंका होटलमा बस्नुपर्दा अनावश्यक खर्च बढेको र सामान हराउने हो कि भन्ने चिन्ता हुने गरेको गुनासो यात्रुले गरेका छन्।

यो पनि पढ्नुहोस्ः
कता गायब भए विदेशबाट फर्केका ७७२ यात्रुको लगेज?





Comments

comments

5013