Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपराष्ट्रपतिको घर जोगाउन छिमेकीको घरमा भत्काइयो

काठमाडौं, फागुन ३० – उपराष्ट्रपति परमानन्द झाको सडक विस्तारमा परेको घर जोगाउन छिमेकीको घर भत्काइएपछि स्थानीय आन्दोलित भएका छन्। नगर विकास प्राधिकरणले सडक विस्तार गर्ने क्रममा शुक्रबार बिहान उपराष्ट्रपति झाको गौरीघाटस्थित घर नभत्काई अरुको मात्र भत्काएको थियो।

सडकको तल्लोतर्फ रहेको झाको घरलाई जोगाएर माथिल्लोतर्फ रहेको घर भत्काउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका थिए। गौरीघाट–बौद्ध सडकखण्डमा अरु सबै घर भत्काइए पनि झाको घर भने भत्काइएको छैन। उपराष्ट्रपति झाले भने घर बनाउँदै दुई मिटर छाडेको दाबी गरेका छन्।

शुक्रबार बिहानै उक्त क्षेत्रमा सडक विस्तारको बाँकी काम गर्ने क्रममा सर्वसाधारणको घर भत्काइएको थियो। उपराष्ट्रपतिको नभत्काइएको भन्दै स्थानीय आन्दोलित भएपछि दिउँसो चार बजे डोजर फर्कने क्रममा उपराष्ट्रपतिको घरमा टप मात्रै थोरै भत्काइएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

5011