हङकङमा आज ३४७ संक्रमित थपिए, थप ७ जनाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, २६ अप्रिल । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ३४७ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये १२ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९०,००७ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,०६१ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा २५५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50162