अष्ट्रेलियामा नेपाली कलाकारहरुको न्यु ईयर धमाका सम्पन्न

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, नयाँ बर्ष २०७९ को अवसर पारी सुदूरपश्चिम समाज अष्ट्रेलियाले सिड्नीमा आयाजेना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित संस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु ईयर धमाका २०७९ भव्यरुपमा सम्पन्न भएको छ।

–

स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक- गायिकाहरुले आफ्ना चर्चित गीतहरुले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए।

–

कार्यक्रममा उनीहरुका साथै अष्ट्रेलियामा रहेका स्थानीय कलाकारहरु पनि सहभागी जनाएको थिए । कार्यक्रम मिस कस्मोपोलिटन वर्ल्ड २०१९ की बिजेता तथा चर्चित मोडल , कोरियोग्राफर प्रियारानी लामाले संचालन गरेकी थिइन्। प्रियारानी लामाको कोरियोग्राफीमा स्थानीय मोडलहरुले कल्चरल ड्रेसमा र्याम्पमा क्याटवाक समेत गरेका थिए।

–

कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए । पूर्वदेखि पश्चिमको कलाकारहरु सम्मिलित गरी आयोजना गरिएकोले कार्यक्रम भब्य र उल्लासमयरुपमा सम्पन्न भएको थियो। सुदुरपश्चिम समाजका अध्यक्ष मोहन देव भट्टका अनुसार कार्यक्रममा एक हजार भन्दा बढी दर्शकहरुले सहभागी जनाउँदै नयाँ वर्षको शुभकामना सहितको नेपालीहरुको एकताको भावना साटेका थिए।

–

माराना अडिटेरियममा आयोजित कार्यक्रममा सहभागीलाई सहजीकरणका साथै भरपर्दो सुरक्षा व्यवस्थासहित कार्यक्रम सफल पूर्वक समापन गरिएको वाउ एवेंट्स एण्ड इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर राकेश जोशीले बताए।

–

नेपालबाट आएका कलाकारहरु डिल्ली फोम्बो, शिव परियार, तृष्णा गुरुङ र मिलन नेवारले मेलबर्नको लब मेसिन कल्बमा आयोजित अर्को कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएका थिए।





Comments

comments

50173