बेल्जियममा पनि नौमती बाजा समूह गठन..

ओम प्रसाद थापा / एचकेनेपाल डट कम –

युरो नेपाल कलाकार संघ (ऐना) ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ।

नौमती बाजाको समूहको युरोपमा पहिलो स्थापना र संचालनमा आधिकारीक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपालीराजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपालको कला-संस्कृतिको संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

पञ्चेबाजा तथा नौमती बाजाले प्रवासमा नेपालको मौलिकता प्रवर्द्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उहाँले यो बाजा प्रवर्द्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

यस्तै बिशेष अथितिमा लोकल ताउव बेल्जियम लुभनका मेयरको बिशेष उपस्थिती थियो उहांले नेपाली कम्युनीको यस्ता कार्यले स्थानीय अन्य स्थानीयबासीसंग राम्रो समन्ध सुधार हुनेछ भन्नु भयो।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ‘ऐना’ले प्रवासमा पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना गरेकोमा खुशी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो भने अर्का अतिथि नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले प्रवासमा मानिसले यान्त्रिक रूपले समय गुजारिरहेको अवस्थामा पनि पञ्चे बाजा प्रवर्द्धनका लागि ऐनाले खेलेको भूमिका सराहनीय भएको भन्दै आगामी दिनमा अझ बढी व्यवसायिक रूपले अगाडि बढ्न सुझाव दिनुभयो।

बेलायतबाट आउनुभएका बिशेष अथिति प्रथम नौमती बाजा गुल्मी युके समूहका प्रमुख ओम थापा काउचाले यस नौमती बाजाको बिषयमा बिशेषता र नेपाल बाहिर पहिलो नौमती समूहको स्थापनाको गर्दाको आफ्नो बिगत र आज आएर बिश्वमा यस नौमती बाजाको बिकास र संचालनमा आएको देख्दा गौरव गर्दै हामी विश्वका हामी नेपाली सबै जन्मभूमि राष्ट्र निम्ति पर्यटन प्रबर्द्धनमा तेवा पुराउन यस्तै कुनै न कुनै ठाउंबाट एम्वास्डरको भूमिका खेलौ साथै आफ्नो कला कल्चरलाई प्रिजव गर्नु यस नौमती बाजाको छुट्टै महत्व हुनेछ।

युरो नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती)कोसंरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभ कार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिनुभयो । अध्यक्ष पुनले नेपाल कला-संस्कृतिको धनी देश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी युरोपमा आफूहरूले संरक्षण र सम्वद्र्धनका लागि जमर्को गरेको बताउँदैयसमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । पुनले आगामी दिनमा पञ्चेबाजा तथा नौमतीबाजा शुभ कार्यलगायत चाड पर्व एवम् अन्य कार्यक्रमहरूमा बजाउन सकिने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर् षअवधि खर्चिनु परेको अनुभव सुनाउँदै साथीहरूको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा अगामी दिनमा आफूहरूलेमनोरञ्जन तथा व्यवसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्न सक्ने जानकारी गराउनुभयो ।

कार्यक्रम संचालन युरो नेपाल कलाकार संघका सचिव संजय केसीले गर्नु भएको थियो।

स्मरण रहोस्, ‘ऐना’ संसारभरबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संगठन हो। यो संगठनले बेल्जियममा नेपालीकला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा क्रियाशील छ।





Comments

comments

50337