एचकेनेपाल डट कम –
हङकङ, ९ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका २३३ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक क्वानका अनुसार संक्रमितमध्ये ३३ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९४,१८७ पुगेको छ।
हङकङमा २४ घण्टाभित्र थप १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३४ बिरामीको मृत्यु भएको छ।
२४ घण्टामा ७४ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।
युन लङमा प्रकोप
केही दिन अघि युन लङको १० साई चिङ सेन्टमा रहेको पियोनी गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा प्रकोप देखिएको थियो। रेस्टुरेन्टमा आएका १९० भन्दा बढी ग्राहकमध्ये एक परिवारको ९ सदस्यको परीक्षणमा पोजेटिभ देखिएको छ भने ४९ ग्राहकको नतिजा आउन बाँकी छ। ४८ जना कर्मचारीमध्ये १ जना शेफमा पोजेटिभ देखिएको जनाएको छ।