हङकङमा आज २७३ संक्रमित थपिए, थप ५ जनाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, १० मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७३ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक क्वानका अनुसार संक्रमितमध्ये २७ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९४,४६० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३९ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ३६ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

युन लङमा प्रकोप

केही दिन अघि युन लङको १० साई चिङ सेन्टमा रहेको पियोनी गोल्डेन कोर्ट हटपट रेस्टुरेन्टमा प्रकोप देखिएको थियो। रेस्टुरेन्टबाट कुल २० जनामा कोरोना फैलिएको पुष्टि भएको छ। थप १० ग्राहकको नतिजा आउन बाँकी छ भने ६ जनाको ग्राहकको खोजी भइरहेको जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

50490