श्रीलङ्काका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा

कोलम्बो, श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ।

यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

उहाँको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गर्नुभएको छ । उहाँको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले जनाएको छ।

जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ।

यसअघि पनि सोमबार रातिदेखि मङ्गलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलङ्काली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ। रासस / सिन्ह्वा





Comments

comments

50482