Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कता हराए रुसी राष्ट्रपति पुटिन ?

मस्को (एजेन्सी) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सार्वजनिक रुपमा नदेखिएको एक हप्ता भइसक्यो। त्यसैले उनलाई लिएर कैयौं अपबाह सिर्जना भएका छन्।

कतिले उनी आफ्नी ओलम्पियन प्रमिकालाई लिएर स्विट्जरल्यान्ड गएको लख काटेका छन् भने कतिले उनलाई क्रेमलिनमै नजरबन्दमा राखिएको अनुमान गरेका छन्।

स्विस पत्रिका बिल्कले पुटिन र उनकी प्रेमिका अलिना काबायेवा स्विट्जरल्यान्डमा रहेको बताएको छ। पत्रिकाका अनुसार काबायेले केही दिनमै नयाँ सन्तानलाई जन्म दिँदै छिन्। त्यसका लागि उनीहरु स्विट्जरल्यान्ड पुगेको पत्रिकाले दाबी गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

सन् २००४ मा एथेन्स ओलम्पिकमा देशलाई गोल्ड मेडल दिलाएकी काबायेवा रुसी जिम्न्यास्ट हुन्। सम्बन्धविच्छेद गरेका पुटिन र कायाबेवाको प्रेम सम्बन्ध रहेको व्यापाक चर्चा छ। तर, यसलाई पुटिनले आधिकारिक रुपमा स्वीकारेका छैनन्।

त्यस्तै पुटिन अस्वस्थ भएकाले बाहिर ननिस्कएको हल्ला पनि छ। तर, पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले यसको खण्डन गर्दै उनी स्वस्थ् रहेका र बक्सिङ पनि खेल्न सक्ने बताएका छन्। उनले यसको पुष्टि गर्न तीन तस्बिर पनि सार्वजनिक गरेका छन्। बेलारुस नेतासँग गत हप्ता मात्र तय भएको बैठकलाई अनिश्चितकालका लागि स्थगत गरेपछि पुटिन गायव भएको स्पष्ट भएको हो।





Comments

comments

5050